हाम्रो बारेमा
चितवनमा २०४७ सालमा गोपाल थपलियाको नेतृत्वमा नेपाल पत्रकार महासंघले शाखाको रुपमा मान्यता पाएको हो । हालसम्म महेन्द्रराज श्रेष्ठ, वेदप्रसाद खरेल, कृष्ण भण्डारी भावुक, विष्णु छिमेकी, जनक अर्याल र कृष्ण गिरीले महासंघ चितवन शाखाको नेतृत्व सम्हालिसकेका छन् ।
दशौँ अधिवेशनसम्म चितवनमा ३९ जना महिला सहित १९४ जना पत्रकारहरुले पत्रकार महासंघको सदस्यता पाइसकेका छन् । महासंघमा १५ जनाको कार्यसमिति, ३ जना सल्लाहकार र २८ जना सभासद् छन् । पत्रकार महासंघ, चितवनको भवन अझै निर्माणाधिन चरणमै छ । महासंघको भवनलाई सूचना केन्द्र को रुपमा विकास गर्ने योजना छ ।
