सुचना

नेपालमा लोकतन्त्रको स्थापनासँगै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक ग्यारेन्टी भएपनि व्यवहारमा यसलाई उपभोग गर्ने सहज वातावरण अझै बन्न सकिरहेको छैन । अहिले पनि पत्रकारहरूमाथि धम्की, आक्रमणलगायत प्रेस स्वतन्त्रता हननका घटनाको निरन्तरता र दण्डहिनताको कारण नेपाली पत्रकारितामा स्वनियन्त्रण (Self Censorship) विद्यमान रहेको विभिन्न अध्ययनहरूले देखाएका छन् ।यस पृष्ठभूमिमा नेपाल पत्रकार महासंघले युनेस्को काठमाडौंसँगको सहकार्यमा नेपाली पत्रकारितामा स्वनियन्त्रणको अवस्थाका विषयमा अध्ययन तथा छलफललाई अघि बढाएको छ । यसै सन्दर्भमा प्रस्तुत अनलाइन सर्वेक्षण सुरू गरिएकोले यहाँको सक्रिय सहभागिताको अपेक्षा गरिएको छ । कृपया संलग्न प्रश्नावली भरी पठाइदिनु हुन अनुरोध छ ।

वेवसाइट सम्पादन समिति

 pravin       

प्रवीण कुमार दत्त      राधेश्याम खतिवडा

    संयोजक                  सदस्य

प्रमिला ढकाल

सदस्य

विज्ञापन (2)

भरतपुर, २४ भदौ
नेपाल पत्रकार महासंघले ‘नेपालको संविधानको परिमार्जित विधेयक–२०७२’ को स्वतन्त्रताको हकसम्बन्धी विभिन्न धाराप्रति गम्भीर असहमति प्रकट गर्दै दवावमूलक आन्दोलन सुरु गरेको छ । संशोधन प्रस्ताव संविधानसभामा दर्ता भइसकेको अवस्थामा त्यसको सुनुवाई गरी संशोधनमा दबाब दिन घोषणा गरेको दबाबमूलक विरोधका कार्यक्रम अन्तर्गत आज बिहीबार फेसबुक÷ट्वीटरलगायत सामाजिक सञ्जाल र एसएमएसमार्फत महासंघले नारासहितको अभियान सञ्चालन गरेको हो ।
महासंघले आज बिहीबार मुलुकभर छरिएका आफ्ना सबै सदस्यहरूमार्फत विहान ११ः०० बजे एकैसाथ ट्वीटर÷फेसबुकलगायत सामाजिक सञ्जालमा ‘प्रतिबन्धात्मक व्यवस्था संशोधन गरौं, संविधानमा प्रेस स्वतन्त्रताको ग्यारेन्टी गराऔं । –नेपाल पत्रकार महासंघ’ भन्ने स्ट्याटस पोष्ट गरेको थियो । साथै आ–आफ्नो क्षेत्रका सभासदहरूलाई सोही व्यहोराको मोबाइल सन्देश एसएमएसमार्फत पठाएर महासंघले दबाब दिएको छ ।
केन्द्रीय कार्यक्रमलाई चितवन शाखाले पनि समर्थन गरी सामाजिक सञ्जालमार्फत स्ट्याटस पोष्ट गर्नुका साथै चितवनबाट संविधानसभामा प्रतिनिधित्व गर्ने सभासद्हरुलाई सन्देश पठाइएको शाखा अध्यक्ष हरिप्रसाद पोखरेलले जानकारी दिए ।
महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले सो सन्देश महासंघको वेबसाइट www.fnjnepal.org र आफ्नो फेसबुक स्ट्याटस पोष्ट गरी प्रारम्भ गरेका थिए ।
यसैबीच शुक्रबार विहान ११ः०० बजे सोही विषयमा सार्वजनिक ध्यानाकर्षण गर्न काठमाडौंको बबरमहलमा महासंघको आयोजनामा खवरदारीसभा गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा सक्रिय सहभागी हुन महासंघ सञ्चार सम्वद्ध सबै संघसंस्था, पत्रकार तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पक्षधर सवैमा हार्दिक आहृवान गरेको छ ।

Copyright © 2015.Federation of Nepalese Journalists Chitwan. All Rights Reserved.Designed by AVASS.