सुचना

नेपालमा लोकतन्त्रको स्थापनासँगै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक ग्यारेन्टी भएपनि व्यवहारमा यसलाई उपभोग गर्ने सहज वातावरण अझै बन्न सकिरहेको छैन । अहिले पनि पत्रकारहरूमाथि धम्की, आक्रमणलगायत प्रेस स्वतन्त्रता हननका घटनाको निरन्तरता र दण्डहिनताको कारण नेपाली पत्रकारितामा स्वनियन्त्रण (Self Censorship) विद्यमान रहेको विभिन्न अध्ययनहरूले देखाएका छन् ।यस पृष्ठभूमिमा नेपाल पत्रकार महासंघले युनेस्को काठमाडौंसँगको सहकार्यमा नेपाली पत्रकारितामा स्वनियन्त्रणको अवस्थाका विषयमा अध्ययन तथा छलफललाई अघि बढाएको छ । यसै सन्दर्भमा प्रस्तुत अनलाइन सर्वेक्षण सुरू गरिएकोले यहाँको सक्रिय सहभागिताको अपेक्षा गरिएको छ । कृपया संलग्न प्रश्नावली भरी पठाइदिनु हुन अनुरोध छ ।

वेवसाइट सम्पादन समिति

 pravin       

प्रवीण कुमार दत्त      राधेश्याम खतिवडा

    संयोजक                  सदस्य

प्रमिला ढकाल

सदस्य

विज्ञापन (2)

भरतपुर, ७ भदौ
नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले देशमा संक्रमणकालको अन्त्य र संविधान आउने बेला भएकाले पत्रकारहरु अझ सजग हुनुपर्नेमा जोड दिएका छन् । उनले यस्तो बेला सबैले आ–आफ्नो स्वार्थ पुर्ति गराउन खोज्ने हुँदा पत्रकारहरुले कलम चलाउँदा आफ्नो आस्था भन्दा पनि देशलाई सर्वोपरि ठानेर कलम चलाउन आग्रह गरे ।
नेपाल पत्रकार महासंघ चितवन शाखाले सोमबार बिहान भरतपुरमा आयोजना गरेको पत्रकार अन्तरक्रियामा बोल्दै अध्यक्ष डा. विष्टले आउन लागेको संविधानका केही धाराहरु केही नेताहरुको कुण्ठाबाट अभिप्रेरित भएर बन्न लागेकाले त्यस्तो कुनै पनि हालतमा हुन नदिनेमा जोड दिए ।
व्यक्ति अभिव्यक्तिको स्वतन्त्रतालाई साझा अभियानको रुपमा लिएर जानुपर्ने बताउँदैं उनले त्यसका लागि महासंघले अब सबै पेशागत संघसंस्था र संचार माध्यमसंग छलफल गरेर अगाडि बढ्ने पनि जानकारी दिए ।
‘आफ्नो अनुकल समाचार नलेखेको भन्दै केही मिडिया र संचारकर्मीहरुलाई धम्काउने, पिट्ने लगायतका काम भईरहेको छ’–उनले भने–‘त्यो हर्कत कुनै पनि हालतमा सह्य नहुने र त्यसमा खेद व्यक्त गर्न चाहन्छु ।’
अध्यक्ष डा. विष्टले संविधानमा आफ्ना मागहरु नसमेटिएको भन्दै भईरहेको विरोध, बन्द, हडताल लगायतका क्रममा समाचार संकलनमा खटिएका केही पत्रकारहरुलाई राज्य र बन्द आव्हानकर्ता दुवै पक्षबाट नियोजित रुपमा आक्रमणको प्रयास गरिएको पाईएको प्रति आपत्ती जनाए । उनले समाचारप्रति असहमती भए दुवै पक्ष छलफल गरेर टुंग्याउनुपर्नेमा जोड दिए ।
संविधानको मस्यौदामा अन्तरिम संविधानले प्रदत्त गरेको ‘पूर्ण प्रेस स्वतन्त्रता’बाट ‘पुर्ण’ शब्द हटाएर अहिले फेरी राखिएपनि आउन लागेको संविधान अग्रगामी नभई पश्चगामी खालको भएको बताए ।
‘अन्तरिम संविधानको भन्दा यो संविधानमा नाम र धारा नम्बर परिवर्तन बाहेक केही नभएको बताउदैं उनंले संविधानले नै घुमाउरो पाराले मिडियालाई नियमन गर्न खोजे जस्तो देखिन्छ र त्यो आफुहरुलाई कुनै पनि हालतमा मान्य नहुने बताए ।
श्रमजीवि पत्रकारहरुको सवाल र पत्रकार महासंघको संस्थागत विकासका सन्दर्भमा उपस्थिति पत्रकारहरुले महासंघका अध्यक्ष डा. विष्टसंग जिज्ञासा राखेका थिए । पेशालाई व्यवसायिक बनाउने सन्दर्भमा पत्रकार आचारसंहिता पालना गर्नु पहिलो काम भएको भएकाले आचारसंहिताप्रति प्रतिवद्ध रहन उनले सञ्चारकर्मीहरुलाई आग्रह गरे । कार्यक्रममा पत्रकारहरुले राखेको जिज्ञासाको अध्यक्ष विष्टले जवाफ समेत दिएका थिए ।
अन्तरक्रिया कार्यक्रममा नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दिपक आचार्यले श्रमजिवि पत्रकार ऐन अहिलेसम्म पनि संचार संस्थामा लागु नभएकाले त्यो लागु गराउन तर्फ महासंघले भुमिका खेल्नुपर्ने बताए ।
नेपाल पत्रकार महासंघ चितवन शाखाका सभापति हरिप्रसाद पोख्रेलको सभापतित्वमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको समापन गर्दै अध्यक्ष पोखरेलले पत्रकारहरुको समस्या समाधान र उनीहरुको क्षमता अभिवृद्धि साथै पत्रकार महासंघको संस्थागत विकास गर्न महासंघले काम गरिरहेको बताए ।
आचारसंहिताको पालना गर्नु सबै पत्रकारहरुको धर्म भएकाले यसलाई पालना गर्न सके पत्रकारहरु व्यावसायिक रुपमा सफल हुने धारणा राखे । महासंघलाई पत्रकारहरुको मात्रै संस्था बनाउन यसको शुद्धीकरण आवश्यक भएको भन्दै शाखा अध्यक्ष पोखरेलले सदस्यता वितरण र नवीकरण गर्दा  पत्रकारहरुले पालना गरेको आचारसंहितालाई अनुगमन गरिने बताए ।
महासंघले सबै सञ्चारमाध्यमलाई त्यहाँ कार्यरत पत्रकार, कर्मचारी र कामदारको दरबन्दी विवरण माग गरिसकेकाले यसैका आधारमा श्रमजीवि पत्रकारहरुको अवस्था अध्ययन गरी समस्या समाधान गर्दै लगिने पोखरेलको भनाई थियो ।

Copyright © 2015.Federation of Nepalese Journalists Chitwan. All Rights Reserved.Designed by AVASS.