सुचना

नेपालमा लोकतन्त्रको स्थापनासँगै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक ग्यारेन्टी भएपनि व्यवहारमा यसलाई उपभोग गर्ने सहज वातावरण अझै बन्न सकिरहेको छैन । अहिले पनि पत्रकारहरूमाथि धम्की, आक्रमणलगायत प्रेस स्वतन्त्रता हननका घटनाको निरन्तरता र दण्डहिनताको कारण नेपाली पत्रकारितामा स्वनियन्त्रण (Self Censorship) विद्यमान रहेको विभिन्न अध्ययनहरूले देखाएका छन् ।यस पृष्ठभूमिमा नेपाल पत्रकार महासंघले युनेस्को काठमाडौंसँगको सहकार्यमा नेपाली पत्रकारितामा स्वनियन्त्रणको अवस्थाका विषयमा अध्ययन तथा छलफललाई अघि बढाएको छ । यसै सन्दर्भमा प्रस्तुत अनलाइन सर्वेक्षण सुरू गरिएकोले यहाँको सक्रिय सहभागिताको अपेक्षा गरिएको छ । कृपया संलग्न प्रश्नावली भरी पठाइदिनु हुन अनुरोध छ ।

वेवसाइट सम्पादन समिति

 pravin       

प्रवीण कुमार दत्त      राधेश्याम खतिवडा

    संयोजक                  सदस्य

प्रमिला ढकाल

सदस्य

विज्ञापन (2)

भरतपुर, ७ भदौ ।
नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले चितवन शाखाद्वारा भरतपुरमा निर्माणाधिन भवनको सोमबार निरिक्षण गरेका छन् । तीन बर्षे कार्ययोजना अनुसार जिल्लाकै सुविधायुक्त ‘सूचना केन्द्र’ बनाउने घोषणा गरी नेपाल पत्रकार महासंघ, चितवन शाखाको अहिले भवन निर्माणको काम भईरहेको छ ।
शाखाको निर्माणाधिन भवन निरिक्षण गर्दै महासंघका अध्यक्ष डा. विष्टले भवन निर्माणको कार्यले गति लिइरहेको जनाउँदै चितवन शाखाका सदस्यहरुको प्रशंसा गरेका थिए । आफ्नो श्रम, स्वतन्त्रतासँग सम्बन्धित विषयहरु सँगसँगै पत्रकार महासंघलाई पूर्वाधार सम्पन्न सक्षम सुदृढ संस्थाको रुपमा विकास गर्ने अभियानमा चितवन शाखाले काम गरिरहेकोप्रति उनले खुशी व्यक्त गरे । महासंघलाई सक्षम र सुदृढ संस्थाको रुपमा अगाडि बढाउनको लागि महासंघका सबै जिल्ला शाखाका भवनहरु निर्माणाधिन हुने क्रममा रहेको पनि उनले बताए ।
पत्रकार महासंघको भवनलाई पत्रकारहरुले आफ्नो क्षमता विस्तार र सूचनाको स्रोत र आधारका निम्ती तथा सामुहिक सौदाबाजीको स्थलका रुपमा उपयोग गर्नुपर्नेमा पनि अध्यक्ष विष्टको जोड थियो । चितवन शाखाको निर्माणाधिन भवनमा सुविधा सम्पन्न सूचना केन्द्र निर्माण गर्ने अवधारणा सकारात्मक भएको भन्दै उनले भवनको हलमा इ–लाइब्रेरी निर्माण गर्ने साँेच अगाडि बढाइनु प्रशंनिय काम भएको बताए । महासंघको भवनलाई नागरिक समाजको प्रतिनिधिमूलक संस्थाका हिसाबले साझा चौतारी जस्तो बनाउने भूमिका खेल्नुपर्नेमा पनि अध्यक्ष विष्टको जोड थियो । केन्द्रले पत्रकारको क्षमता अभिवृद्धिको निम्ति र उनीहरुको श्रम र स्वतन्त्रताको निम्ति सदैव प्रयास गर्दै आएको बताउँदै चितवनको भवन बनाउनको लागि स्रोतको व्यवस्थापन गर्ने प्रतिवद्धता पनि महासंघमा उपलव्ध पदाधिकारीहरुबीच उनले गरेका छन् ।
प्रेस काउन्सिल नेपालका सदस्य समेत रहेका उनले भने, ‘भवन निर्माणको काम सकिने वित्तिकै सूचना केन्द्रका लागि काउन्सिलले समेत सहयोग गर्नेछ ।’ पत्रकार महासंघको देशभरका शाखा भवन निर्माण गर्न विभिन्न सरकारी, गैरसरकारी लगायत स्थानीय निकायलाई केन्द्रीय तहबाटै सहयोगको आव्हान भईरहेको पनि उनले जानकारी दिए ।
वैशाख १२ को महाभूकम्पपछि निर्माण भईसकेका केही जिल्ला शाखाको भवनमा क्षती पुगेकोले यसको पुनर्निमाणका लागि थप चुनौती थपिएको बताउँदै अध्यक्ष डा. विष्टले भूकम्पबाट प्रभावित सञ्चारकर्मी र संचारसंस्थाहरुको सहयोगका लागि महासंघले केन्द्रीय तहबाटै काम गरिरहेको बताए ।
महासंघका चितवन शाखा अध्यक्ष हरिप्रसाद पोखरेलले भवन निर्माणसहित चितवनका श्रमजीवि पत्रकारहरुको पछिल्लो अवस्थाबारे सो भेटघाटमा अध्यक्ष डा. विष्टलाई जानकारी गराएका थिए । भवन निरिक्षणका क्रममा पूर्व अध्यक्ष कृष्ण गिरी, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दिपक आचार्य, जिल्ला अध्यक्ष नारायण अधिकारी, प्रेस चौतारी नेपालका नारायणी अञ्चल अध्यक्ष तिलकराम रिमाल, क्रान्तिकारी पत्रकार संगठन चितवनका अध्यक्ष नवराज ढकाललगायतको उपस्थिति रहेको थियो ।
२०६१ माघ ९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल पत्रकार महासंघ, चितवनको भवन शिलान्यास गरेका हुन् । गएको २०५९ सालमा जिल्ला विकास समिति चितवनले महासंघका लागि जग्गा उपलव्ध गराएको थियो । भवन पूर्ण रुपमा सम्पन्न गरेर सुविधायुक्त ‘सूचना केन्द्र’ निर्माण गर्न करिब ३७ लाख रुपैयाँ आवश्यक पर्ने महासंघले जनाएको छ ।

Copyright © 2015.Federation of Nepalese Journalists Chitwan. All Rights Reserved.Designed by AVASS.