सुचना

नेपालमा लोकतन्त्रको स्थापनासँगै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक ग्यारेन्टी भएपनि व्यवहारमा यसलाई उपभोग गर्ने सहज वातावरण अझै बन्न सकिरहेको छैन । अहिले पनि पत्रकारहरूमाथि धम्की, आक्रमणलगायत प्रेस स्वतन्त्रता हननका घटनाको निरन्तरता र दण्डहिनताको कारण नेपाली पत्रकारितामा स्वनियन्त्रण (Self Censorship) विद्यमान रहेको विभिन्न अध्ययनहरूले देखाएका छन् ।यस पृष्ठभूमिमा नेपाल पत्रकार महासंघले युनेस्को काठमाडौंसँगको सहकार्यमा नेपाली पत्रकारितामा स्वनियन्त्रणको अवस्थाका विषयमा अध्ययन तथा छलफललाई अघि बढाएको छ । यसै सन्दर्भमा प्रस्तुत अनलाइन सर्वेक्षण सुरू गरिएकोले यहाँको सक्रिय सहभागिताको अपेक्षा गरिएको छ । कृपया संलग्न प्रश्नावली भरी पठाइदिनु हुन अनुरोध छ ।

वेवसाइट सम्पादन समिति

 pravin       

प्रवीण कुमार दत्त      राधेश्याम खतिवडा

    संयोजक                  सदस्य

प्रमिला ढकाल

सदस्य

विज्ञापन (2)

०७२ भदौ ५ गते शनिबार
पत्रकारहरुको पेशागत समस्या समाधान, दक्षता अभिवृद्धि र पत्रकार महासंघको संस्थागत विकासको निमित्त विभिन्न निर्णयहरु गर्दै नेपाल पत्रकार महासंघ चितवन शाखाको बैठक भदौ ५ गते शनिबार पश्चिम चितवनको पटिहानीमा सम्पन्न भएको छ ।
श्रमजीवी पत्रकारहरूको पेशागत तथा व्यावसायिक हकहितको संरक्षण महासंघको प्रमुख एजेण्डा रहेको सन्दर्भमा श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनका लागि सबै सञ्चारमाध्यमलाई बैठकले पुनः आहन गरेको छ । आफूलाई परेको समस्याबारे समयमै जानकारी गराउन पनि महासंघले पत्रकारहरुलाई अनुरोध गरेको छ ।
श्रमजीवी पत्रकारहरूको दुर्घटना बीमालाई २०७२ कात्तिक १ गतेदेखि कार्यान्वयनमा लैजाने तयारी भएकोमा महासंघको सदस्यता र सूचना विभागबाट जारी गरिने प्रेस प्रतिनिधि प्रमाणपत्र अद्यावधिक गर्न पनि सबैलाई आहन गरिएको छ ।
चितवनका श्रमजीवी पत्रकार, सञ्चार संस्थामा कार्यरत कर्मचारी र कामदारको दरबन्दी विवरण सम्बन्धित सञ्चारमाध्यमबाट माग गरी समस्या समाधानका लागि जोड दिने निर्णय बैठकले गरेको छ ।
सञ्चारमाध्यमहरुमा कार्यरत श्रमजीवी पत्रकार, कर्मचारी र कामदारलाई दिनुपर्ने तलबलगायतका सुविधा समयमै उपलव्ध गराउन अनुरोध गर्दै सबैलाई दशैँ खर्च उपलव्ध गराउन समेत व्यवस्थापन पक्षसँग महासंघले माग गरेको छ ।
महासंघको निर्माणाधीन भवनको निर्माण कार्य सम्पन्न गर्न भवन निर्माण समितिले गरेको कामप्रति धन्यवाद व्यक्त गर्दै बैठकले भवन निर्माणको क्रममा आइपर्ने थप आर्थिक, भौतिक र नैतिक सहयोग गर्न पनि सबै पत्रकारहरुलाई आहन गरिएको छ ।
महासंघको बैठकले पत्रकारहरुको दक्षता अभिवृद्धि लगायतका संस्थागत विकासका काम गर्न विभिन्न समितिहरु निर्माण गरेको छ ।
महासंघले स्थापना गरेको ‘स्व.तिलचन साँखी स्मृति पत्रकारिता पुरस्कार’को कोष वृद्धि गर्न र थप पुरस्कार तथा सम्मान कोष स्थापना गर्न तीन सदस्यीय समिति गठन गरिएको छ । उपाध्यक्ष दिपेन्द्र बडुवालको संयोजकत्वमा नारायण अधिकारी र चाँदनी हमाल रहेको तीन सदस्यीय समिति गठन गरिएको हो । त्यस्तै, पत्रकार कल्याणकारी कोष वृद्धि गर्न सचिव कृष्णचन्द्र भट्टराईको संयोजकत्वमा सिर्जना अर्याल र रामकान्त पौडेल रहेको तीन सदस्यीय समिति गठन गरिएको छ ।
गएको चैत १६ गते पत्रकार महासंघको ६० औँ स्थापना दिवसमा स्थापना गरिएको पुस्तकालको आवश्यक व्यवस्थापन र सूचना केन्द्र स्थापनाका लागि कोषाध्यक्ष होमनाथ सापकोटाको संयाजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । जसमा गोविन्द घिमिरे, अनिल ढकाल, प्रकाश सिग्देल र सरिता पौडेल सदस्य रहेका छन् ।
महासंघले प्रकाशन गरेको ‘पत्रकारिता चितवन’ त्रैमासिकको सम्पादन एवम् व्यवस्थापनका लागि सल्लाहकार कृष्ण गिरीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । जसका सदस्यहरुमा जनक अर्याल, रमेशकुमार पौडेल, नारायणप्रसाद सापकोटा र दुर्गाकुमारी रेग्मी रहेका छन् ।
महासंघको आधिकारिक वेभसाइट एफएनजेचितवन डट ओआरजी डट एनपी (९ालवअजष्तधबल।यचन।लउ० को सम्पादन एवम् व्यवस्थापनका लागि प्रवीणकुमार दत्तको संयोजकत्वमा राधेश्याम खतिवडा र प्रमिता ढकाल सदस्य रहेको तीन सदस्यीय समिति गठन गरिएको छ ।
पत्रकार महिलाको पेशागत क्षमता अभिवृद्धिका लागि महासंघले महिला विभाग पनि गठन गरेको छ । शान्ता अधिकारीको संयोजकत्वमा गठित समितिका सदस्यहरुमा सविता श्रेष्ठ, प्रमिता ढकाल, दुर्गाकुमारी रेग्मी र सविता नेपाली रहेका छन् ।
आदिवासी÷जनजाती पत्रकारहरुको पेशागत क्षमता अभिवृद्धिका लागि महासंघले आदिवासी÷जनजाती विभाग समेत गठन गरेको छ । मोहनचन्द्र रुम्बाको संयोजकत्वमा गठित विभागमा सन्तकुमार चौधरी र बबिलाल तामाङ रहेका छन् ।
बैठकले पछिल्लो समय पश्चिम चितवन पनि पर्यटकीय हब बन्दै गइरहेकोमा पर्यटनको विकाससँगै यस क्षेत्रको आर्थिक, सामाजिक तथा साँस्कृतिक विकास हुने विषयलाई मध्यनजर गरि यस क्षेत्रको पर्यटन विकासका लागि पत्रकारिता क्षेत्रबाट आवश्यक सहयोग तथा हातेमालो गर्ने निर्णय गरेको छ । चितवनको आर्थिक समृद्धिसँग गाँसिएका यस्ता क्षेत्रको विकासका लागि आगामी दिनमा पत्रकार महासंघ चितवन सहकार्य गरेर अगाडि बढ्ने निर्णय बैठकले गरेको छ । बैठक नेपाल पत्रकार महासंघ, चितवनका अध्यक्ष हरिप्रसाद पोखरेलको अध्यक्षतामा बसेको थियो ।

Copyright © 2015.Federation of Nepalese Journalists Chitwan. All Rights Reserved.Designed by AVASS.