सुचना

नेपालमा लोकतन्त्रको स्थापनासँगै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक ग्यारेन्टी भएपनि व्यवहारमा यसलाई उपभोग गर्ने सहज वातावरण अझै बन्न सकिरहेको छैन । अहिले पनि पत्रकारहरूमाथि धम्की, आक्रमणलगायत प्रेस स्वतन्त्रता हननका घटनाको निरन्तरता र दण्डहिनताको कारण नेपाली पत्रकारितामा स्वनियन्त्रण (Self Censorship) विद्यमान रहेको विभिन्न अध्ययनहरूले देखाएका छन् ।यस पृष्ठभूमिमा नेपाल पत्रकार महासंघले युनेस्को काठमाडौंसँगको सहकार्यमा नेपाली पत्रकारितामा स्वनियन्त्रणको अवस्थाका विषयमा अध्ययन तथा छलफललाई अघि बढाएको छ । यसै सन्दर्भमा प्रस्तुत अनलाइन सर्वेक्षण सुरू गरिएकोले यहाँको सक्रिय सहभागिताको अपेक्षा गरिएको छ । कृपया संलग्न प्रश्नावली भरी पठाइदिनु हुन अनुरोध छ ।

वेवसाइट सम्पादन समिति

 pravin       

प्रवीण कुमार दत्त      राधेश्याम खतिवडा

    संयोजक                  सदस्य

प्रमिला ढकाल

सदस्य

विज्ञापन (2)

भरतपुर, १६ चैत
नेपाली समाज बेल्जियमको ‘छोरी परियोजना’बाट नेपाल पत्रकार महासंघ, चितवन शाखालाई विभिन्न विधाका समसामयिक पुस्तकहरु प्राप्त भएका छन् । परियोजनाका संयोजक कृष्णप्रसाद रेग्मीले शनिबार महासंघका अध्यक्ष हरिप्रसाद पोखरेललाई पुस्तकालयका लागि पुस्तकहरु हस्तान्तरण गरेका हुन् । पत्रकारिता, आख्यान, इतिहास, र दस्ताबेजमा आधारित करिब २५ हजार रुपैयाँको पुस्तकहरु सहयोग प्राप्त भएको महासंघले जनाएको छ ।
महासंघले गएको चैत १६ गते आफ्नोे ६० औँ स्थापना दिवसका अवसरमा शाखा कार्यालयमा पुस्तकालय स्थापना गरेको थियो । सुरुमा ‘एक सदस्य ः एक पुस्तक’ अभियान सहित पुस्तकहरु संकलन गर्दै पुस्तकालय स्थापना गर्ने क्रममा हाल नागरिक समाजबाट पनि महासंघमा पुस्तकहरु प्राप्त हुन थालेको छ ।
महासंघलाई पुस्तक सहयोग गर्ने ‘छोरी परियोजना’ का संयोजक रेग्मी बेल्जियम निवासी हुन् । आफ्नी छोरी प्रकृति रेग्मीको १८ औँ जन्मोत्सवमा अवसरमा रेग्मीले व्यक्तिगत खर्चमा १० लाख रुपैयाँको कोषबाट ‘छोरी’ परियोजना सुरु गरी विभिन्न सामाजिक काममा सहयोग गरिरहेका छन् । कोषलाई एक करोड रुपैयाँसम्म पु¥याइने र यसबाट चितवनका पहाडी गाविसका ‘छोरी’हरुको शिक्षा र स्वास्थ्यमा रकम खर्च गरिने पनि रेग्मीको योजना छ । महासंघलाई पुस्तक हस्तान्तरण गर्दै रेग्मीले संकलन गरिएको पुस्तक अध्ययन गरेर उपयोग ल्याउन सञ्चारकर्मीहरुलाई अनुरोध गरे । रेग्मी सामान्य किसान परिवारका व्यक्ति हुन् र अहिले उनी बेल्जियमसम्मको राजनीतिमा क्रियाशिल छन् । बेल्जियमको ठूलो राजनीतिक दल एनभिएको क्षेत्रीय स्तरको नेता समेत रहेका रेग्मीको दल अहिले बेल्जियमको सत्तामा समेत छ ।
पुस्तक हस्तान्तरण कार्यक्रममा धन्यवाद व्यक्त गर्दै महासंघका अध्यक्ष हरिप्रसाद पोखरेलले अबका दिनमा पुस्तकालयलाई व्यवस्थित गर्नुपर्ने र सञ्चारकर्मीहरुले आफ्नो पेशागत क्षमता अभिवृद्धितर्फ यसलाई उपयोग गर्नुपर्ने बताए । पुस्तकालयका लागि सुरु गरेको अभियानमा सरिक भई पुस्तक उपलव्ध गराउने सबैलाई महासंघका उपाध्यक्ष दिपेन्द्र बडुवालले धन्यवाद व्यक्त गरे । पत्रकार महासंघको स्थापना दिवसका अवसरमा सुरु गरिएको पुस्तकल संकलन अभियान अहिले पनि जारी छ । हाल महासंघमा करिब पाँच सय पुस्तक संकलन भईसकेका छन् ।
आमा समूहहरुलाई सहयोग
‘छोरी परियोजना’ ले शनिबार नै कविलासको भार्लाङमा आमा समूहरुलाई पनि सहयोग गरेको छ । संयोजक रेग्मीले मिलन बजार महिला समूह, चित्रकाली आमा समूह, नमूना प्रकोप आमा समूह र लालीगुराँस आमा समूहलाई उनीहरुको संस्थागत क्षमता अभिवृद्धिका लागि सदस्य संख्याको आधारमा सहयोग गरेको जानकारी दिए । नगरपालिका र गाविसमा रहेका आमा समूहका महिलाहरुबीच सो कार्यक्रममा एकापसमा अनुभव आदानप्रदान भएको थियो । मिलन बजारबाहेक अन्य आमा समूह सबै भार्लाङका हुन् । कार्यक्रममा चारवटै आमा समूहबीच मितेरी सम्बन्ध समेत स्थापना गराइएको संयोजक रेग्मीले बताए ।
कविलास, काउले, कोराक, चण्डीभञ्ज्याङ, दाहाखानी र सिद्धिका किशोरीहरुको शिक्षा र स्वास्थ्यका लागि समेत सहयोग गर्न ‘छोरी परियोजना’ स्थापना गरिएको हो । कोषमा संकलित रकमले ‘छोरी’हरुलाई वृत्तिविकास र स्वालम्वन बनाउन मद्दत गर्ने परियोजनाका निर्देशक रामहरि कोइरालाले बताए ।
कोषको नाम नै ‘छोरी’ भएकाले यसलाई चितवनका विभिन्न सामाजिक अभियन्ताहरुको सहकार्यमा गैरसरकारी संस्थाको रुप दिँदै चितवन र बेल्जियम दुबै ठाउँमा दर्ता गरिने परियोजनाको लक्ष्य भएको कोइरालाको भनाई छ ।
‘सामान्यतया युरोपमा छोरा छोरी १८ वर्ष पुगेपछि वालिग र स्वतन्त्र हुन्छन् । यसैले उनीहरुको नाममा केही सामाजिक अभियान सञ्चालन गर्ने उद्देश्यले यो अभियान थालिएको हो ।’– छोरी परियोजनाको स्थापनाबारे जानकारी दिँदै रेग्मीले भने । १८ वर्ष उमेर पुगेपछि उनीहरु कानूनी रुपमा सवल हुन्छन् र यहाँ यो उमेरलाई पर्वकै रुपमा मनाइने चलन रहेको छ । चारवटा आमा समूहहरुको समूहगत मैत्री सम्बन्ध स्थापना गर्ने सो कार्यक्रममा चित्रकालीकी अध्यक्ष सावित्री लामिछाने, नमूना प्रकोपकी अध्यक्ष मनकुमारी चेपाङ, लालीगुराँसकी अध्यक्ष कान्छीमाया गुरुङ र मिलन बजारकी विपुला दवाडीले आ–आफ्ना समूहको गतिविधिबारे सहभागिहरुलाई जानकारी गराएका थिए । यसैगरी कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष हरिप्रसाद पोखरेल, पत्रकार सिर्जना अर्याल, जनस्वास्थ्य विज्ञ देवी आचार्य, स्थानीय चन्द्रबहादुर गुरुङ लगायतले ‘छोरी परियोजना’ को शुभकामना व्यक्त गर्दै ‘छोरी’ हरुको शिक्षा, स्वास्थ्य र क्षमता अभिवृद्धिका लागि सरोकारवाला निकायसंग मिलेर काम गर्न सुझाव दिएका थिए ।
नेपाल पत्रकार महासंघ, चितवनको पुस्तकालयलाई पुस्तक सहयोग गर्दै ‘छोरी परियोजना’ का संयोजक कृष्णप्रसाद रेग्मी (बायाँ) ।

Copyright © 2015.Federation of Nepalese Journalists Chitwan. All Rights Reserved.Designed by AVASS.